२० बैशाख २०८१, बिहिबार | May 2, 2024

ड्युटीमै बेहोस भएका नेपालगन्ज विमानस्थलमा गार्ड इन्चार्ज भण्डारीको मृत्यु



नेपालगन्ज । नेपालगन्ज विमानस्थलमा कार्यरत नेपाल प्रहरीका बरिष्ठ सई प्रेम भण्डारीको ड्युटी गरिरहेकै अवस्थामा मृत्यु भएकोछ । बैतडी स्थायी घर भइ नेपालगन्ज विमानस्थल सुरक्षामा रहेका बरिष्ठ सई भण्डारी ड्युटिमै रहेको अवस्थामा अचानक अस्वस्थ भई ढलेको र अस्पताल पुर्याएलगत्तै मृत घोषणा भएको प्रहरीले जनाएको छ ।

विमान स्थल सुरक्षा गार्ड ईन्चार्ज भण्डारीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डीएसपी रामप्रसाद घर्तीमगरले पुष्टि गरे । डीएसपी घर्तीका अनुसार भण्डारीको हृदयघातबाट निधन भएको प्रारम्भिक अनुमान गरिएको छ । ड्युटिमै रहेको बेला मङ्गलबार बेलुका पौने ६ बजे भण्डारी बेहोस भएका थिए। मृत्युको वास्तविक कारण भने पोष्टमार्टम रिर्पोटबाट थाहा हुने घर्तीले बताए ।

हृदयघातको लक्षण देखिए पनि पोष्टमार्टम रिर्पोटबाट मृत्युको कारण खुल्ने प्रहरीले बताएकोछ । भण्डारीको शवलाई भेरी अस्पतालमा राखिएकोछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ४८ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा