१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

दाङमा श्रीमतीको हत्या गरी श्रीमान‍्ले गरे आत्महत्या



दाङ । घोराहीमा श्रीमतीको हत्या गरी एक जनाले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका(१३ डुमर गाउँका ३६ वर्षीय नवीन रोकाले ३५ वर्षीया श्रीमती निरु रोकाको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मानसिक रोगका बिरामी नवीनलाई उपचारका लागि बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा रक्तचाप उच्च भएपछि चिकित्सकले अस्पतालमै बस्न सुझाव दिएका थिए । त्यसपछि उनीहरू नजिकै फुपूको घरमा बसेकोमा राति नवीनले निरुलाई सलले घाँटी दाबेर हत्या गरी आफू पनि पंखामा झुण्डिएर आत्महत्या गरेको दाङ प्रहरीका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

बिहान कोठाबाट कोही ननिस्किएपछि ढोका खोलेर हेर्दा दुवै मृत भेटिएको उनले जनाए । मृतकका दुई छोरा र एक छोरी छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ०१ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत