काठमाडौं । भिजिट भिसामा विदेश पठाई दिने भनी नक्कली कागजातहरू बनाएको अभियोगमा ४ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-५ घर भई काठमाडौं बालाजु बस्ने ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सानचोक गाउँपालिका-८ घर भई काठमाडौं बसुन्धारा बस्ने ३४ वर्षीय भक्त बहादुर थापा, काठमाडौं महानगरपालिका-१ नक्साल बस्ने ३८…