७ कार्तिक २०८३, शनिबार | October 24, 2026

सर्वोच्चको आदेश लगत्तै नेपालगन्जबाट पक्राउ परे रिगल ढकाल



काठमाडौं । सर्वोच्च अदालतको आदेश लगत्तै रिगल ढकाल पक्राउ परेका छन् ।

सर्वोच्चको इजलासले ढकाललाई कैद मिनाहा दिने सरकारको निर्णय बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आज आदेश जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको हो । अदालतको आदेशसँगै पक्राउ परेका ढकाल अब बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा रहनेछन् ।

संविधान दिवसको अवसर पारेर सरकारले रिगललाई गत असोज ३ गते रिहा गरेको थियो ।
रिगल रिहा भएलगत्तै उनीद्वारा हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले माफी मिनाहाविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन । भारती असोज १७ गतेदेखि अनसनमा बसेकी थिइन ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ५ : ०२ बजे

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको