दमौली । नेपाली सेनाको आयोजनामा व्यास नगरपालिका-५ स्थित मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु भएको छ । व्यास-५ चापाघाटस्थित कालीभञ्जन गण (इ) को आयोजनामा मादी नदीमा आइतबारदेखि विपद् प्रतिकार्य तालिम थालिएको हो । विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यसहित प्रतिकार्य तालिम आयोजना गरिएको गणपति प्रमुख सेनानी रामज्योति बोहोराले जानकारी…