२५ भदौ २०८३, बिहिबार | September 10, 2026

केरलामा पाँच वर्षीया बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ बर्षको जेल सजायँ



नयाँ दिल्ली । पाँच वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफनै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ।

केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाँय सुनाएको हो । देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएको हो ।

विशेष अदालतले कैद बाहेक तीन/तीन लाख जरिवाना समेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए । उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।

पीडित बालिकालाई २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कार गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाए पछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन । त्यसपछि उनीहरुलाई पक्राउ गरी अदालतमा लगिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : २४ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको