६ बैशाख २०८३, आइतबार | April 19, 2026

२ जना डीआईजीको सरुवा, लुम्बिनीमा उमेशराज जोशी

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । मन्त्रालयले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र साइबर ब्युरोमा रहेका किरण राणालाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले जनाएको छ ।