१६ बैशाख २०८१, आइतबार | April 28, 2024

अवैध लागूऔषधसहित ६ जना पक्राउ



काठमाडौ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका(६ लेकसाईडस्थित सुबिलम्ब होटलको १०५ नम्बरको कोठाबाट अवैध लागूऔषध गाँजा २५ किलो २ ग्रामसहित सिन्धुली तिनपाटन गाउँपालिका(५ बस्ने २४ वर्षीय बिक्रम मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले होटलको कोठाको बोरामा लुकाई राखेको उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका(१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका(७ बस्ने ४१ वर्षीय प्रमोद बस्नेत र सोही नगरपालिका(८ बस्ने २४ वर्षीय प्रतिक शाही रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२(००१ प३३८७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका६ स्थित मेची भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्रामसहित सोही नगरपालिका(६ भानुटोल साठीबिघा बस्ने २९ वर्षीय अशोक डुम्जन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२(०२२ प ८७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हेलमेटको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

ईलामको सूर्योदय नगरपालिका(६ कन्यामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ८० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्योदय नगरपालिका(५ समालबुङ बस्ने २१ वर्षीय प्रसिस खड्का र सोही नगरपालिका(६ कन्याम बस्ने २४ वर्षीय समिर तामाङ रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरीले झापाबाट ईलामतर्फ आउँदै गरेको बा।२१ च ७९७१ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित कार चालक खडका र कारमा सवार तामाङलाई पक्राउ गरेको हो ।

 

 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  २ : १९ बजे

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको