बुटवल । बुटवलमा एकैदिन विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालय बुटवलले संयुक्त रुपमा ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरेको हो । मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिमार्जन)…