नेपालगन्ज । कृषि ज्ञान केन्द्र बाँकेले मुक्तकमैयालाई निःशुल्क कृषि सामग्री तथा बीउबीजन वितरण गरेको छ । लुम्बिनी प्रदेश सरकारको लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रमअन्तर्गत जिल्लाको बैजनाथ गाउँपालिका–५ का ३२ घर मुक्तकमैयालाई स्प्रे, बिरुवा राख्ने ट्रे, विषादी, धान र तरकारीको बीउलगायतका कृषि उपकरण वितरण भएको हो । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख विनोद घिमिरेले सीमान्तकृत समुदायको…