१९ बैशाख २०८१, बुधबार | May 1, 2024

देशमै बसेर कृषि उत्पादनमा रमाउँदैछन् कास्कीका पौडेल, गर्छन् गोलभेँडाबाटै मनग्य आम्दानी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुर रानीथोकका नारायणप्रसाद पौडेल र उनकी श्रीमती कमलाले व्यावसायिक कृषि थालेको आठ वर्ष पुगेको छ । कृषिप्रतिको लगावसँगै आयआर्जन राम्रो भएको त छ नै यतिखेर उनीहरू अरुका लागि पनि अनुकरणीय बनेका छन्। रोजगारीको खोजीमा भौँतारिएका युवा वर्गका लागि यहीँ बसेर केही गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बनेका उनीहरुले सिजनअनुसारका तरकारीसँगै…