तनहुँ । तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौं महानगरपालिकासम्म परेको छ । आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पुर्याउन गाह्रो’ शीर्षकमा राससमा प्रकाशित समाचारको प्रभावले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषय महानगरको छलफलमा पुग्ने भएको हो । काठमाडौंलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार…