१३ माघ २०८१, आइतबार | January 26, 2025

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेमा किसानको धान किन्दै



बाँके । बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला भएकाले यही कात्तिक २० गतेबाट खरिद सुरु गरिने जानकारी दिए । उनका अनुसार ४० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ ।

प्रतिक्विन्टल मध्यम धान रु तीन हजार पाँच सय ८० र मोटो धान रु तीन हजार चार सय १० मा खरिद गर्न मूल्य निर्धारण गरिएको प्रमुख लामिछानेले बताए । उनका अनुसार किसानले आफ्नो वडा कार्यालयबाट सिफारिस र पहिचान खुल्ने नागरिकता लिएर आएमा धान खरिद गरिनेछ ।

यस वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद ढिला हुँदा चाडपर्वमा किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको बाँके डुडुवाका किसान कन्धइलाल यादवले बताए । -रासस

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  १२ : २८ बजे

१ करोडको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत

रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश

भैरहवा । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको तेस्रो मुद्दामा

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको