१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

शिक्षणबाट अवकाशपछि सुन्तला खेतीमा, बर्सेनि पाँच लाख कमाई

गलकोट । धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन्। शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। उनी सुन्तलाखेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्न…