बुटवल । बजार अनुगमनका क्रममा बुटवलमा शील गरिएको भनिएको ४९ बोरा अवैध मल व्यापारीकै गोदामबाट गायव पारिएको छ । अनुगमन टोलीले अवैध मल बरामद गरी कागजी शील गरेर छाडिएको मल गोदामबाटै गायव पारिएको हो । बुटवलको नेपालगञ्ज रोडमा रहेको ढकाल एग्रोभेटमा भेटिएको ४९ बोरा अवैध मल कागजमा शील गरिएपनि गोदाममा शीलबन्दी नगरी छाडिएको थियो ।…