दाङ । घोराही–२ मा रहेको मावि रामपुरमा कक्षा १० मा अध्ययनरत शर्मिला चौधरीले घोराही उपमहानगरपालिकाले वितरण गरेको सेनिटरी प्याड प्राप्त गरेपछि खुसी हुँदै भनिन्, “अब नियमित विद्यालय आउँछु, महिनावारी भएको समयमा प्याड अभावका कारण विद्यालय छोड्ने गरेकी थिएँ, अब छोड्दिन ।” सरकारले निःशुल्क उपलब्ध गराउने सेनिटरी प्याड खरिद गरी घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई…