२९ भदौ २०८३, सोमबार | September 14, 2026

‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ सार्वजानिक



पोखरा । शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ ।

पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले पुस्तकको लोकार्पण गरे । साहित्यकार गुरुङ करिब चार दशकदेखि पोखराको शैक्षिक उन्नयनका क्षेत्रमा क्रियाशील छन् । प्याब्सन, नेल्टा र रोटरी क्लब अफ मिडटाउनका पूर्व अध्यक्ष रहेका उनी हाल गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका अध्यक्ष रहेका छन् ।

कार्यक्रममा वरिष्ठ सहित्यकार सरुभक्तले भाषा र साहित्य क्षेत्रका रत्नका रूपमा रत्नमान उदाएको जनाउँदै गुरुङ भाषा विज्ञान जस्तो गहन विषयमा कृति प्रकाशन गरेकामा प्रशंसा गरे ।

उनले भने,“साहित्यकार र भाषाविद् हुनु फरक कुरा हुन् । हाम्रा मातृभाषा लोपोन्मुख अवस्थामा पुगिरहेका छन् । भाषिक समुदाय वर्गीकृत भएर होइन, एकीकृत भएर अघि बढ्नु पर्छ । ”

कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्राडा कुसुमाकर न्यौपानेले नेपाली र अङ्ग्रजी भाषाका अध्येताका लागि गतिलो पुस्तकका रूपमा उक्त कृतिलाई चित्रण गरे । कृतिको पहिलो भागमा भाषा, व्याकरण र लिपिका बारेमा बृहत्त चर्चा गरिएको छ र यसैगरी दोस्रो भागमा गुरुङ वाक्यविज्ञानसम्बन्धी उल्लेख गरिएको छ ।

कार्यक्रममा पुस्तकका लेखक गुरुङले आफ्नो अध्ययन गर्ने बानीको उपज यो पुस्तकको सिर्जना भएको र क्रमशः ध्वनिविज्ञान, वर्णविज्ञान, अर्थविज्ञान आदिमा पनि कलम चलाउँदै जाने बताए ।

कार्यक्रममा गीतकार तथा तुम धीँ युकेका सल्लाहकार एकेन्द्र गुरुङ, कृतिका प्रकाशक भक्तिदेवी गुरुङ, गुरुङ प्राज्ञिक तथा व्यावसायिक मञ्चका पूर्व अध्यक्ष सुन्दर गुरुङ, शिक्षाविद् जर्ज जोन, साहित्यकार रुपिन्द्र प्रभावी, तमु धीँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, कवि चित्रकुमार गुरुङ लगायतले पुस्तकको समीक्षा गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ८ : २० बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका