काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अनौपचारिक बैठक सिंहदरबारमा बसेको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको निर्देशनमा सो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो । विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक बसेपनि कुनै निर्णय भने हुनसकेन । करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत…