३० श्रावण २०८३, शनिबार | August 15, 2026

बुटवलमा ईहि र क्येता पूजा शुरु



बुटवल । बुटवलमा नेवाः सेवा समितिको १५ औं सृङ्खलाकारुपमा नेवा: कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा बालकहरुको क्येटा पुजा (ब्रतबन्ध) शुरु भएको छ । नेवाः सेवा समितिले विगत १५ वर्षदेखि लगातार आयोजना गर्दै आएको नेवाः परम्परा र संस्कृतिमा महिनावारी हुनुभन्दा अघि कन्याको बेलसंग बिवाह र कर्म चलाउने प्रारम्भीक प्रक्रिया अनुरुपको बालकहरुको क्येटा पूजा आजबाट सुरु भएको हो ।

नेवार पण्डित हरिशरण राजोपाध्यायले आईतबार औपचारिक रुपमा विधिवत पुजापाठ गरि ईहि पूजाको शुरु गरे । सो अवसरमा बोल्दै उनले नेवार समुदायमा महत्वपुर्ण मानिएको ईहि यज्ञ गराएर कन्याहरुलाई धार्मिक, सास्कृतिक मान्यता अनुसार ज्ञानहरु दिईएको बताए । परिवारबीच बोलिचालीको क्रममा नेवारी भाषालाई प्राथमिकता दिन उनले समुदायलाई सुझाव दिँदै नया पिँढीलाई संस्कृति सिकाउन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले यस क्षेत्रमा छरिएर रहेका नेवार समुदायहरुलाई एकतावद्ध गरि भाषा, संस्कृति र संस्कार जर्गेना हुने गरि कार्यक्रम गर्दै आएको बताए । समुहमा गर्दा आर्थिक रुपमा सहज हुनुका साथै एक आपसमा परिचय हुने हुदा पनि सामुहिक कार्यक्रमको महत्व रहेको उनले बताए ।

ईहि यज्ञ र क्येटा पुजापछि जीवन पद्धतीको नयाँ चरण शुरु हुने भएकाले पनि यी पूजाहरुको महत्व रहेको समितिका सचिव सारदा श्रेष्ठले बताईन् ।

दुई दिनसम्म चल्ने कार्यक्रममा रुपन्देहीसहित काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट ५१ कन्या, १५ बटुकहरु सहभागी भएको कार्यक्रम संयोजक लिला प्रसाद श्रेष्ठले जानकारी दिए । पूजा सुरुहुनजु पूर्व ूथानीय भुपूसैनिक हलबाट निकालिएको प्रभातफेरी देविनगर नेवाः भवन भएर कालिकानगर होराईजन चोक हुदै भुपुसैनिकमै पुगेर पूजामा परिणत भएको महिला संयोजक लिला ध्वजुले बताईन ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : ५० बजे

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले