पोखरा । पोखराको पौवा सहित तीन होटललाई होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी थ्री स्टार प्रदान गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले पोखराको होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्दा पोखराको होटल पौवा पोखरा प्रा.लि., फिस्टेल लज र सराङकोट माउन्टेन एण्ड स्पाले थ्री स्टार अति उत्तमको हरियो स्टीकर प्राप्त गरेका…