नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि अस्पतालको रेडियोथेरापी सेवा अवरुद्ध भएको छ । बिगत ५ दिनदेखि क्यान्सर रोगको सेकाउने (रेडियोथेरापी) लिन्याक मेसिनमा समस्या आएपछि टाढा टाढाबाट सेवा लिन आएका क्यान्सरका बिरामीहरु अलपत्र परेका छन् । मेसिन मरमत गर्ने प्राबिधिक अस्पतालसँग नभएको र मेसिन…