२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

होटल व्यवसायी महासंघले रसुवा बाढीबाट क्षति भएका पर्यटन उद्योगको पुनः स्थापनाको पहल गर्ने



काठमाडौँ। चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायमा व्यापक क्षति पुगेपछि उनीहरूको पुनरुत्थान र दिगो पुनःस्थापनाका लागि होटल व्यवसायी महासंघ नेपालले आफ्नो संस्थागत पहललाई तीव्र बनाएको छ।

यसै क्रममा, महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ ले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिका पदाधिकारीहरूसँग भेटघाट गरी बाढी प्रभावित होटल, साना रेस्टुरेन्ट तथा खाजाघरहरूको क्षतिको विस्तृत प्रारम्भिक विवरण र नामावली औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन समितिद्वारा आयोजित विशेष बैठकमा अध्यक्ष भण्डारीले बाढी प्रभावित क्षेत्रमा हाल उद्धारको कार्य सम्पन्न भई राज्यका तर्फबाट खाद्यान्न र तत्काल राहत पुगेको भएतापनि, क्षत-विक्षत बनेका साना तथा मझौला पर्यटन व्यवसायीहरूलाई पूर्ववत् अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापनाको खाँचो रहेको औँल्याए ।

छलफलका क्रममा महासंघको तर्फबाट अध्यक्ष अञ्जन श्रेष्ठले बाढीका कारण विस्थापित बनेका व्यवसायीहरूलाई पुनः स्थापित गर्न विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदानको व्यवस्था गरिनुपर्ने, प्रभावित व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनःसंरचना, ब्याज मिनाहा वा छुटका लागि सरकारसँग पहल गरिनुपर्ने, बिमा गराएका व्यवसायीहरूको दाबी रकम तत्काल भुक्तानी दिलाइनुपर्ने र बिमाको पहुँचबाहिर रहेका ग्रामीण भेगका साना होटल तथा खाजाघर व्यवसायीहरूलाई क्षति मूल्याङ्कनका आधारमा विशेष आर्थिक सहयोग प्रदान गरिनुपर्ने माग गरे ।

अध्यक्ष भण्डारीले प्रस्तुत गरेको विवरण र मागप्रति अध्यक्ष श्रेष्ठ तथा पर्यटन समितिले पूर्ण समर्थन जनाउँदै बाढी प्रभावित पर्यटन व्यवसायीहरूको पुनःस्थापना, बीमा दाबी भुक्तानी र वित्तीय सहुलियतका लागि सरकार तथा नेपाल राष्ट्र बैंकसँग महासंघको तर्फबाट सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विपद्को यस कठिन परिस्थितिमा होटल व्यवसायी महासंघले प्रभावित क्षेत्रका साना-मझौला व्यवसायीहरूको व्यावसायिक सुरक्षा र पुनःस्थापना नभएसम्म निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ०५ बजे

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक