काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। संयोजक प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै विशेषगरी मधेशलगायत देशका विभिन्न क्षेत्रमा मल अभावका कारण किसानहरू ठूलो समस्यामा परेको बताएका हुन्। सरकारले समयमा नै पर्याप्त रासायनिक मल उपलब्ध गराउने प्रतिबद्धता…