नेपालगन्ज । बाँकेको सिधनियाघाटमा प्रस्ताव गरिएको बैकण्ठधाम निर्माणका लागि आर्थिक सहयोग प्राप्तहुने क्रम सुरु भएको छ । बैकुण्ठधाम निर्माणका लागि आर्थिक संकलन प्रयोजनको उद्देश्यले कार्तिक महिनामा धार्मिक महोत्सवको तयारीमा जुटेको बैकुण्ठधाम मुल समितिलाई पहिलो ठुलो धनराशी सहयोग गर्नेमा भेरी अस्पतालका चिकित्सक डा. बद्री चापागाईको नाम दर्ज भएको छ । भेरी अस्पताल नेपालगन्जमा कार्यरत प्रमुख कन्सल्टेन्ट…