२५ भदौ २०८३, बिहिबार | September 10, 2026

बुटवलमा शिक्षामा प्रविधिको भूमिका, चुनौती र सम्भावनाबारे कन्फ्रेन्स हुने



बुटवल । बुटवलमा शनिबार शिक्षामा प्रविधिको भूमिका, चुनौती र सम्भावना बारे कन्फ्रेन्स हुने भएको छ । नेपाल स्टिम एलायन्सको आयोजना तथा कोडिङ ओलम्पिक नेपाल, लुम्बिनी वल्र्ड स्कुल, जिनियस टकको सहकार्यमा एक दिने स्कुल शिक्षामा किन प्रविधि ?’ भन्ने विषयमा बुटवल कन्फ्रेन्स हुने भएको हो ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि सचेतना जगाउने गरि महत्वपूर्ण कार्यक्रम गर्न लागेको एलायन्सका कार्यकारी अधिकृत सुशील बुढाथोकीले बताए । कन्फ्रेन्समा डा. रामहरि लामिछाने, मगोलिका चक्रवति, सुशील बुढाथोकीबाट सहजिकरण गर्ने कार्यक्रममा डिजिटल शिक्षा र प्रविधि समावेशीकरण, अभिभावक र शिक्षकहरुलाई सशक्त बनाउने पहल, विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित क्षेत्रमा करियर मार्गचित्र, नीति निर्माताहरुसंग डिजिटल युगमा नेपालको शैक्षिक रणनीतिबारे छलफल हुने कार्यकारी अधिकृत बुढाथोकीले बताए ।

कार्यक्रममा कक्षा ९ देखी १२ सम्मका विद्यार्थी, विद्यालयका शिक्षक तथा प्रशासकहरु, अभिभावकहरु, नीति निर्माता जनप्रतिनिधिहरु तथा सरकारी अधिकारीहरु गरि करीब ८ सय सहभागी हुने उनले बताए । यस क्षेत्रका विद्यालयहरुको अवस्था मूल्याकंन गरी चार वर्षको अन्तरालमा यो कार्यक्रम चलाउन लागेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी वर्ड स्कुलका प्रधानाध्यापक विष्णु ढकालले शिक्षामा डिजिटल रुपान्तरणको आन्दोलनलाई सशक्त बनाउन आवश्यक रहेको बताए । पछिल्लो समय केही वर्ष गरिएको सहकार्यबाट विद्यालयमा धेरै सकारात्मक परिणाम आएको उनले दाबी गरे । प्रोफेसनल डेभलपमेन्टको रुपमा यसलाई लिन सकिने उनले बताए ।

यसैबिच लुम्बिनी कोडिङ ओलम्पियाड २०८१ को घोषणा गरेको नेपाल स्टिम एलायन्सका हेड अफ एकेडेमिक्स दिपर्सन श्रेष्ठले बताए । फागुन ३ गते हुने सो कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरि कन्फ्रेन्स, कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरि प्लस टु नेशनल कोडिङ ओलम्पियाड समेत गर्ने उनले बताए ।

यसबाट विद्यार्थीहरुलाई कम्प्युटर साईन्स र प्रविधिको क्षेत्रमा आफनो क्षमताको परिक्षण गर्न, नया सीप सिक्न र अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न अवसर प्रदान गर्ने उनले बताए । हालसम्म आफुहरुले ४ वर्षमा १५०० जनालाई सःशुल्क अनलाइन र विद्यालयमा प्रत्यक्ष १ महिनादेखि १० महिनासम्मको कक्षा दिएको तथा आवर अफ कोड क्लास ३ हजार जनालाई ४ दिनसम्म सिकेका बताए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ८ : २९ बजे

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको