दाङ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज आउन एक दिन बाँकी रहँदा जिल्लामा यसको रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेका को आज बिहानदेखि घुइँचो लागेको छ । विशेषगरी कपडा, चुरा, पोते, खाद्यान्न समान किनमेल गर्नेको बिहानदेखिे घुइँचो लागेको छ । तुलसीपुर बजारमा कपडा पसल सञ्चालन गर्दै आउनुभएकी ३६ वर्षीया शारदादेवी…