काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीलाई दिएका छन्। आयोगका संस्थापक उपाध्यक्षसमेत रहेका गिरीलाई जेठ ११ गते उक्त जिम्मेवारी प्रदान गरिएको हो। यसअघि सरकारले अध्यादेशमार्फत नियुक्त भएका राजनीतिक पदाधिकारीहरूलाई पदमुक्त गरेपछि आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो। तत्कालीन सरकारले नियुक्त गरेका डा. अञ्जनीकुमार झाको पद सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी…