गुल्मी । गुल्मीको रुरुक्षेत्र गाँउपालिका १ रिडीमा रहेको अटिजम पाठशालामा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । रुरुक्षेत्र गाउँपालिका वार्ड न १ रिडिमा संचालनमा रहेको अटिजम पाठशालामा पशुपति अमात्य अक्षयकोष स्थापना गरिएको हो । समाजसेवी स्वर्गीय अमात्यको स्मरणमा अमात्यको जन्मजयन्तीको अवसर पारेर अमात्यका छोरा ओम प्रसाद अमात्यले अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोष सार्वजनिक कार्यक्रममा…