कास्की । कास्कीमा तुवाँलो लाग्न थालेको एक साताभन्दा बढी भयो । यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग नदेखिएको त्यति नै समय भयो । यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोेले डम्मै छेकेको छ । यही कारण पर्यटकको आवागमनमा समस्या भएको छ । नयाँ वर्षमा…