२० असार २०८३, शनिबार | July 5, 2026

प्रस्तावित विद्यालय शिक्षा ऐनविरुद्ध शिक्षक महासंघको आन्दोलन घोषणा

काठमाडौं । शिक्षक महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएको छ। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आन्दोलित बनेको महासंघले आफूहरूका माग सम्बोधन नभए अनिश्चित कालिन विद्यालय बन्द गर्ने घोषणा गरेको हो। शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यालय शिक्षा विधेयक नसच्याएरै संसदमा लगे अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन कडा पारिने चेतावनी दिइन्।…