तानसेन । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहितको सिन्दुर जात्रा आयोजना गरिँदै छ । विगतमा जस्तै यस वर्ष २०६औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा निकाल्न लागिएको हो । विसं १८७१ देखि १८७२ भएको तत्कालीन नेपाल–अङ्ग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अङ्ग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष…