वालिङ । यहाँका दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोेखेती थालेका छन । स्याङ्जाको आँधीखोला गाउँपालिका-६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका-४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोेखेती सुरू गरेका हुन । ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर आफूहरूले व्यवसाय थालेको व्यवसायी सन्तोष पौडेलले बताए । कृषिबाटै राम्रो आम्दानी गर्न सकिने देखेपछि…