नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा क्यान्सर अस्पताल) मा एक्सरे र प्रयोगशालाको सेवा विस्तार गरिएको छ । अस्पतालमा रहेको प्रयोगशाला र एक्सरे सेवालाई २४ सै घण्टा संचालनमा ल्याइएको हो । अस्पतालमा क्यान्सरका बिरामीहरुको चाप बढेसंगै एक्सरेको सेवालाई २४ घण्टा बनाइएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. निरज भट्टराईले जानकारी दिए ।…