महोत्तरी । मधेस प्रदेशको महोत्तरीसहित अन्य जिल्लामा नागको पूजाआराधना गरेर ‘लगपाँच’ पर्व मनाइँदै छ । मूलघरको चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दुर र अक्षता चढाइ नागको आराधना गर्ने परम्परा रही आएको छ । घरमूली गृहिणीले स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै नागले रुचाउने दूध, लावा चढाउँछन् । महोत्तरीको मटिहानी–७…