नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालय, खजुराले तेस्रो बार्षिकोत्सव मनाएको छ । बाँकेको खजुरामा स्थापना हुने भनिएपनि नेपालगन्जमा कक्षा तथा प्रशासनिक कार्य सञ्चालन भैरहेको विश्वविद्यालयले तोकिएको स्थान बाहिर नै तेस्रो बार्षिकोत्सव मनाएको हो । बार्षिकोत्सवको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री एवं सहकुलपति जन्मजय तिमिल्सिनाले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले लुम्बिनी प्राविधिक विश्वविद्यालयले गति…