५ श्रावण २०८३, मंगलबार | July 21, 2026

धार्मिक महिमाको प्रचार गर्न महायज्ञ, खजुरामा महायज्ञको तयारी तिब्र



खजुरा । बाँकेको खजुरामा फागुन २४ बाट हुने सप्ताहब्यापी महायज्ञको तयारीलाई तिब्र पारिएको छ । खजुरामा रहेको साक्षात लक्ष्मीनाराण मन्दिरको महिमाको प्रचार गर्ने र खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको हव बनाउने उद्देश्यका साथ आयोजना हुने महायज्ञमा प्रख्यात कथावाचक बालकृष्ण अर्यालले भागवत कथा प्रवचन गर्ने भएका छन् ।

वाचक अर्याल सहित उनको संगितमय भजन टोलीबाट सातै दिन अखण्ड भजन किर्तन हुने महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । महायज्ञ संचालन गर्नका लागि १२ बढी उपसमितिहरु बनेका छन् भने प्रचार सामाग्रीहरु पनि धमाधम तयार भइरहेको उनले बताए ।

सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता दीनदयाल जी महाराजको संयोजकत्वमा महायज्ञ गरिने मुल समितिका सचिव सुरेश खत्रीले बताए ।

खजुरा क्षेत्रमा रहेका ऐतिहासिक मैटहवा मन्दिर देखि रजनाहाको नारायणीताल, सन्तकुटी, कालिका, नवदुर्गा र मनकामनापुरको शिवालय मन्दिर समेतका धार्मिक स्थलहरुलाई एकीकृत धामकारुपमा विकास गर्ने र खजुरामा प्रसिद्ध लक्ष्मीनारायण मन्दिर परिषरमा महालक्ष्मीको विशाल मुर्ति स्थापना गर्ने महायज्ञको मुख्य उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

खजुराको लक्ष्मीनारायण मन्दिरमा संकल्प गरिएका हरेक कुराहरु सफल हुँदै आएको धार्मिक विश्वास छ । सोही मन्दिरमा संकल्प गरिएको ज्ञानोदय उच्च मावी, क्यान्सर अस्पताल, खजुरा खानेपानी, जनजागरण समाज जस्ता संस्थाहरु सफलताका साथ संचालनमा रहेको महायज्ञ पुजा व्यवस्थापन समितिका संयोजक शिवप्रसाद सुबेदीले बताए ।

दुनाटपरी देखि दियोका सामाग्रीहरु तयार गर्न महिलाहरु घरघरबाट स्वस्फुर्त उपस्थित हुन थालेको मन्दिर व्यवस्थापन समिति सदस्य राधा ढकालले बताइन् ।

महायज्ञ संचालन गर्नका लागि २५१ सदस्सीय मुल सम्पादन समिति गठन गरिएको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ४ : ३० बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान