३० बैशाख २०८१, आइतबार | May 12, 2024

धार्मिक महिमाको प्रचार गर्न महायज्ञ, खजुरामा महायज्ञको तयारी तिब्र



खजुरा । बाँकेको खजुरामा फागुन २४ बाट हुने सप्ताहब्यापी महायज्ञको तयारीलाई तिब्र पारिएको छ । खजुरामा रहेको साक्षात लक्ष्मीनाराण मन्दिरको महिमाको प्रचार गर्ने र खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको हव बनाउने उद्देश्यका साथ आयोजना हुने महायज्ञमा प्रख्यात कथावाचक बालकृष्ण अर्यालले भागवत कथा प्रवचन गर्ने भएका छन् ।

वाचक अर्याल सहित उनको संगितमय भजन टोलीबाट सातै दिन अखण्ड भजन किर्तन हुने महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । महायज्ञ संचालन गर्नका लागि १२ बढी उपसमितिहरु बनेका छन् भने प्रचार सामाग्रीहरु पनि धमाधम तयार भइरहेको उनले बताए ।

सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता दीनदयाल जी महाराजको संयोजकत्वमा महायज्ञ गरिने मुल समितिका सचिव सुरेश खत्रीले बताए ।

खजुरा क्षेत्रमा रहेका ऐतिहासिक मैटहवा मन्दिर देखि रजनाहाको नारायणीताल, सन्तकुटी, कालिका, नवदुर्गा र मनकामनापुरको शिवालय मन्दिर समेतका धार्मिक स्थलहरुलाई एकीकृत धामकारुपमा विकास गर्ने र खजुरामा प्रसिद्ध लक्ष्मीनारायण मन्दिर परिषरमा महालक्ष्मीको विशाल मुर्ति स्थापना गर्ने महायज्ञको मुख्य उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

खजुराको लक्ष्मीनारायण मन्दिरमा संकल्प गरिएका हरेक कुराहरु सफल हुँदै आएको धार्मिक विश्वास छ । सोही मन्दिरमा संकल्प गरिएको ज्ञानोदय उच्च मावी, क्यान्सर अस्पताल, खजुरा खानेपानी, जनजागरण समाज जस्ता संस्थाहरु सफलताका साथ संचालनमा रहेको महायज्ञ पुजा व्यवस्थापन समितिका संयोजक शिवप्रसाद सुबेदीले बताए ।

दुनाटपरी देखि दियोका सामाग्रीहरु तयार गर्न महिलाहरु घरघरबाट स्वस्फुर्त उपस्थित हुन थालेको मन्दिर व्यवस्थापन समिति सदस्य राधा ढकालले बताइन् ।

महायज्ञ संचालन गर्नका लागि २५१ सदस्सीय मुल सम्पादन समिति गठन गरिएको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ४ : ३० बजे

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले

बालेन भन्छन्- गिरीबन्धु टि-इस्टेट प्रकरणमा तत्कालिन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनुहुन्छ- कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको

भरतपुरमा अज्ञात समूहले स्कुल बसमा आगजनी

चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल

तिलोत्तमाको शंकनगरचोकमा स्कुटर ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ शंकरनगरचोकमा दुई स्कुटी एक