मुस्ताङ । हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिना लामो महायज्ञ आज समापन भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा यहाँ आयोजित महायज्ञ विधिवत रुपमा विशेष पुजापाठसहित समापन गरिएको हो । यहाँ कालिगण्डकी शालिग्राम तथा मुक्तिनाथको प्रचार÷प्रसार गर्ने, धार्मिक आस्थालाई एकअर्कासंग जोड्ने र विश्वशान्तिको कामना गर्दै मुक्तिनाथमा चैत रामनवमीदेखि विशाल…