पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी तथा विदेशी पर्यटकले होली मनाएका छन् । विगतमा यहाँ भव्य रूपमा होली उत्सव मनाउने गरिए पनि यस पटक औपचारिक कार्यक्रम गरिएको थिएन, तर लेकसाइड क्षेत्रमा रहेका पर्यटकले स्थानीयसँगै मिलेर रङ्ग खेलेर होली मनाएका हुन् । रङ खेल्न पाउँदा पर्यटकहरू दङ्ग देखिन्थे । पोखरामा पहिलोपटक आएकी…