४ पुस २०८२, शुक्रबार | December 19, 2025

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । नेपालको सबैभन्दा पुरानो तथा ठूलो विश्वविद्यालय त्रिविले पुस १० गते काठमाडौँस्थित दशरथ रंगशालामा आफ्नो ५९औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको हो । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै त्रिविले दीक्षान्त समारोह त्रिविको शैक्षिक यात्रामा एक महत्वपूर्ण, ऐतिहासिक तथा गौरवपूर्ण उपलब्धिका रूपमा…