१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

भैँसीगोठलाई विस्थापन गर्दै सुविधा सम्पन्न होटेल

कास्की । झण्डै डेढ दशकअघि कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ सिदिङका युवा सुदिप गौतमले मर्दी हाइक्याम्पमा होटेल सञ्चालन गर्न लाग्दा उनका छिमेकी तथा आफन्तले अनौठो मान्थे । कतिपयले त त्यतिबेला गौतमलाई उपहासको पात्र समेत बनाए । समयको गतिसँगै मर्दी हिमाल पदयात्राले विश्वव्यापी चासो र चर्चा कमाएसँगै यतिखेर धेरै युवा मर्दी पदयात्रा मार्गमा सुदिपकै पदचाप पछ्याउँदै होटेल व्यवसाय…