बिहान साढेचार बज्यो । निदले छाड्यो । बाहिर बुँदाबुँदी भयो । घर अगाडिको किसानको बारीमा मौलाएको मकैको बोटको सुमधुर स्वर कानमा प-यो । मन चञ्चल भयो । उठेर झ्याल खोलेँ । नागार्जुनतिर आँखा पोखियो । कालो बादलले ढपक्कै ढाकेको रहेछ । केहीबेरमै पानी दर्किन थाल्यो । धेरैदिनपछि गृष्मको शीतल बिहान । शान्त मन । झरीको…