काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य जगप्रसाद शर्मा विगत पाँच वर्षदेखि राष्ट्रियसभाको सदस्य हुन् । रूकुम जिल्लाबाट २०४३ सालदेखि विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीति सुरू गरेका श्री शर्माले २०४६ सालको लोकतन्त्र प्राप्तिका लागि भएको जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएका थिए । त्यसपछि तत्कालीन एकता केन्द्रमा समाहित भएसँगै उनले २०५० सालदेखि भूमिगत रहेर राजनीति…