बुटवल । खस्यौली, बटौली, बुटौल जस्ता नामले चिनिने ठाउँ अहिले बुटवलका नाममा स्थापित छ । अहिलेको बुटवल सयौं वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालले अंग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय राजाहरूले यहीँ शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । नुन र कपडाको व्यापारसँग जोडिएको महेन्द्र राजमार्ग र सिद्धार्थ…