४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री देउवाले गरे डडेलधुरामा मतदान

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका हुन् । देउवा सो जिल्लाको प्रतिनिधिसभाबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । देउवाले मतदान पछि सामाजिक सञ्जालमा तस्वीर राख्दै भनेका छन्। ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’