काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको कोप कार्ड जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु…