नेपालगन्ज । संविधान दिवसको अवसरमा नेपालगन्जमा हुने नेपालगन्ज १० नाइट रनका विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउन पाउने भएका छन् । विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने विषयमा नेपालगन्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट जिरो अजवा निचकर्नले समझदारी पत्रमा…