६ श्रावण २०८३, बुधबार | July 22, 2026

दृष्टिविहीन महिला टी-२० विश्वकप : नेपालले अस्ट्रेलियालाई हरायो



काठमाडौं । भारतमा जारी दृष्टिविहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटमा नेपालले प्रभावशाली प्रदर्शन जारी राख्दै अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले तीन खेलमा दुई जित दर्ता गर्दै समूहको दोस्रो स्थान सुरक्षित गरेको छ ।

शनिबार सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १४.५ ओभरमै सहज रूपमा पूरा गर्यो । नेपालका लागि विनिता सोमाइले उत्कृष्ट ५६ रन (अविजित) बनाउँदै विजयी पारीको नेतृत्व गरिन् । मनकेशी चौधरीले पनि अविजित ४३ रनको योगदान दिइन् भने ओपनर सुस्मा तामाङले २२ रन बनाइन् ।

बलिङतर्फ अस्ट्रेलियाकी कोर्टनी लुइसले एकमात्र विकेट लिएकी थिइन् ।

सोअघि, टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कोर्टनी लुइसले ३१ रन, जेनिफर पेरीले ३० रन र अमेलिया हर्टले २१ रनले योगदान दिए । नेपालका लागि सुनिता भुजेलले एक विकेट हात पारिन्, जबकि कडा क्षेत्ररक्षणका कारण अस्ट्रेलियाका पाँच खेलाडी रनआउट भएका थिए ।

नेपालले यसअघि पहिलो खेलमा श्रीलङ्कालाई पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक भारतसँग भने हार बेहोरेको थियो । यस जितसँगै नेपाल चार अंकसहित समूह ‘बी’मा दोस्रो स्थानमा छ र सेमिफाइनल प्रवेशका लागि बलियो दाबी कायम राखेको छ ।

दृष्टिविहीन महिला क्रिकेटमा नेपालले देखाएको यो प्रगति ऐतिहासिक मानिएको छ र यसले नेपाली क्रिकेट समुदायमा उत्साह थपिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ६ : ५१ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,