१३ असार २०८३, शनिबार | June 27, 2026

अष्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान

काठमाडौं । टी-ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अष्ट्रेलियाबीच हुँदै छ । बिहीबारको विजेता टोलीले फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ । इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल १४ नोभेम्बरमा हुनेछ । सन् २०१० मा वेस्टइण्डिजमा भएको टी-ट्वान्टी विश्वकपको सेमिफाइन लमा पनि यी दुई टोलीबीच खेल भएको थियो ।…