२४ असार २०८३, बुधबार | July 9, 2026

कांग्रेससँगको निर्णयक वार्ता छाडेर केपी ओली पोखरामा

पोखरा । एमाले अध्यक्ष केपी ओली पोखरा पुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका हुन् । पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमालेका नेताले स्वागत गरेका छन् । कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर अध्यक्ष ओली पोखरा पुगेका ओली आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ ।