१ मंसिर २०८२, सोमबार | November 18, 2025

आज प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसीमाथि छलफल हुँदै



काठमाडौं । प्रतिनिधिसभा बैठक आज (शुक्रबार)को बैठक बस्दैछ । बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै आजका लागि सरेको संघीय संसद सचिवालयले जनाएको छ ।

आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ । उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची बिहीबारै सार्वजनिक गरेका हुन् ।

कार्यसूचीको पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ भने दोस्रो नम्बरमा एमसीसी प्रस्ताव छलफलका लागि पेश हुने उल्लेख छ ।

बिहीबारकै बैठक सारेर प्रधानमन्त्री देउवाले नयाँ बानेश्वरस्थित संसद्‍ भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०सँग छलफल गरेका थिए ।

सरकारले एमसीसीको पक्षमा एमालेलाई मनाउन बैठक सारेको बालुवाटार स्रोतले बताएको थियो । बैठक स्थगित गरेर दिनभर छलफलमा जुटेका प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्य गर्ने तयारी गरेका छन् ।

एमालेले केही सर्त अगाडि सारेपछि ठोस् निर्णय भने भइसकेको छैन । बिहीबार रातिसम्म एमाले नेतृत्वसँग प्रधानमन्त्री देउवासहित काँग्रेस नेतृत्वले बालुवाटारमा छलफल गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : २५ बजे

सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको

काठमाडौं अवतरण हुन नसक्दा नेपाल वायुसेवा निगमका जहाज अव भैरहवा ‘डाइभर्ट’ हुने

काठमाडौं । विभिन्न कारणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुन नसक्दा

नेपालगन्जमा सर्वाधिक कर तिर्ने वेष्टर्न अस्पताललाई कर कार्यालयको सम्मान

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट आर्थिक वर्ष २०८०/०८१ मा

जेनजी आन्दोलनका क्रममा नेपालगन्जमा तोडफोड, आगजनी र लुटपाट गर्ने ६ जना पक्राउ

नेपालगन्ज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा नेपालगन्ज

प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत