काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी राष्ट्रियसभा निर्वाचनमा गर्न खोजिएको तालमेलबारे कार्यसम्पादन समिति बैठकलाई जानकारी गराएका छन् । खड्काले सोमबार बसेको बैठकमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालसँग भएको छलफलबारे जानकारी गराएका हुन् । संविधान निर्माण र संरक्षणमा भूमिका खेलेका शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि चार…